काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यले महाधिवेशनको प्रक्रिया सुरु गर्न ७ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।
उनीहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् । समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता टुङ्ग्याउनुपर्ने उनीहरूको माग छ ।
आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् ।
त्यस्तै, ध्यानाकर्षणपत्रमा १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने पनि उल्लेख छ ।


FACEBOOK COMMENTS