काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न ‘फोकल युनिट’ स्थापना गरेको छ ।
मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत स्थापना गरिएको फोकल युनिटले अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने मन्त्रालयले जनाएको छ ।
साथै, फोकल युनिटले विदेशी कलगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन, विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्ने मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव टंक प्रसाद पाण्डेले जानकारी दिए ।
FACEBOOK COMMENTS