काठमाडौँ । नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतले नेपाल पक्षलाई प्रस्ताव गरेको छ ।
नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले सो प्रस्ताव राखेका हुन् ।
नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिव स्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।
सीमा सुरक्षा समन्वयात्मक बैठक सकेर सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टोली नेपाल फर्किएको छ । समन्वयात्मक बैठक कार्तिक २६ देखि २८ सम्म भएको थियो ।
बैठकमा आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, सशस्त्रका एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र परराष्ट्रका उपसचिव विजयराज तण्डुकार सहितका अधिकारीहरू सहभागी थिए ।

FACEBOOK COMMENTS