काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न सो आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी पृष्ठपोषणका लागि ‘वेबसाइट’मार्फत आज सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा सो मस्यौदामाथि आगामी मङ्सिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैह्रसरकारी सङ्घ संस्था, आमनागरिक एवं सरोकारवालालाई आग्रह गरेको छ ।
FACEBOOK COMMENTS