काठमाडौँ । नेदरल्याण्डस र जर्मनी फिफा विश्वकपमा छनौट भएका छन् ।
गएराती सम्पन्न समुह चरणका खेलपछि नेदरल्याण्डस र जर्मनी युरोपबाट विश्वकपमा छनौट भएका हुन् ।
समुह जी अन्तर्गतको खेलमा नेदरल्याण्डसले लिथुआनियालाई ४–० गोलले पराजित गर्दै समुहमा ८ खेलमा २० अंकसहित शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।
त्यस्तै समुह ए अन्तर्गतको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोल अन्तरले पराजित गर्दै जर्मनी समुह ए मा ६ खेलमा १५ अंकसहित शिर्ष स्थानमा रहेको छ र विश्वकपमा छनौट भएको छ ।
योसँगै २०२६ मा हुने फिफा विश्वकपमा युरोपबाट अहिलेसम्म नेदरल्याण्डस र जर्मनीसहित पोर्चुगल, क्रोसिया, नर्वे, इङल्याण्ड र फ्रान्स छनौट भएका छन् ।

FACEBOOK COMMENTS