काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिए ।
एनपीएलमा यी दुई टिमले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो ।
कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् ।

जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।

FACEBOOK COMMENTS