पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलाको सडक आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ ।
विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि पोखरा आउने र बाहिरिने सवारी साधन दैनिक चार घण्टा सडक बन्द रहने सडक आयोजनाले जानकारी दिएको छ ।
आयोजनाका अनुसार मङ्सिर ११ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि २ बजेसम सडक बन्द हुने छ ।
आयोजनाले दुइपांग्रे तथा साना सवारीका लागि बुढी बजारबाट बेलचौतारा हुदै चाउथे र ठुला सवारी साधनका लागि पावरहाउस चोकदेखि बौमारा हुदै बिरौटा सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS