काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेड बीच सम्झौता भएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेड बीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । हिमालयन इनर्जी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “कालिन्चोक जलविद्युत आयोजना” दोलखा जिल्ला कालिन्चोक वाडा नं.१ थामी गाँउ अवस्थित रहेको छ र सो आयोजना ३ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी रु. ५० करोड (५,००,००० कित्ता शेयर) पारित गर्दै, त्यसको २०% (१० लाख कित्ता) साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ ।
उक्त निष्काशन प्रक्रियालाई व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेकका सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दीर्घकालीन रणनीति लिएको छ ।

कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रको दिगो विस्तारमा सक्रिय र रणनीतिक भूमिका खेल्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
यस कम्पनीले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

FACEBOOK COMMENTS