काठमाडौं । सिप्रदी अटोपाट्र्स प्रालि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ ।
उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साहभरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपाट्र्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो । कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपाट्र्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए ।
यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कार अन्तर्गत बजाज पल्सर १५० मोटरसाइकल पूर्वी रोडलाइफलेजित्न सफल भयो, जसले टाटा जेन्युइन पाट्र्सबङ्गलामुखी मोटर ट्रेडर्स,विराटनगरबाट खरिद गरेकोथियो ।
दोस्रो ठूलो पुरस्कार टिभीएस एनटर्क १२५ सीसी काठमाडौँको कुलेश्वरस्थित बिग्यान अटोमोबाइल्सबाटखरिद गर्ने ग्राहक सगर राउतले हात पारे। स्मार्ट टिभीको पुरस्कार गोयन्का फूड्स प्रा. लिले जित्यो, जुनबुटवलस्थित गण्डकी अटो ट्रेडिङ बाट किनिएको थियो।
यस्तै, स्मार्टफोन वन्डरल्याण्ड बोर्डिङ स्कूलले जित्यो, जसले डामकको एस.टी. ट्रेडर्स मार्फत खरिद गरेको थियो।सिप्रदी अटोपाट्र्सका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ।सिप्रदी अटोपाट्र्स प्रालिले नेपालभर गुणस्तरीय सक्कली पाट्र्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।




FACEBOOK COMMENTS