काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
मंगलबार पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दै आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन् ।
ओलीले आफुले पटक-पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्याए । उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्ने नसक्ने भन्दै वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने जिकिर समेत गरे । सरकार फागुन २१ गते निर्वाचन गर्ने भन्दै तयारी गरिरहेका बेला एमाले भने प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएको छ ।


FACEBOOK COMMENTS