काठमाडौं । आयु इन्टरटेन्मेन्ट (फिस्टेल ड्रिम पार्क) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० लाख कित्ता सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे । सारथी ग्रुपसहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ ।
करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो । उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।
FACEBOOK COMMENTS