काठमाडौं । बुधबार बारा जिल्लाको सिमरा क्षेत्रमा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू बीच झडप भएपछि उत्पन्न भएको तनावपूर्ण अवस्था शनिबारसम्म आइपुग्दा सामान्य बनेको छ ।
जेनजी युवाहरूले भाद्र २३ र २४ गतेको देशव्यापी आन्दोलनका क्रममा भएको हत्याका घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री लगायतलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला एमाले निकट नेता तथा कार्यकर्ताहरूले अवरोध गरी हातपात गरेपछि झडप भएको थियो।
जेनजी युवा संयोजक सम्राट उपाध्यायका अनुसार उनीहरूको प्रदर्शन शान्तिपूर्ण थियो, तर प्रहरी प्रशासन र एमाले निकट नेता तथा कार्यकर्ताहरूको हातपातपछि उनीहरूले प्रतिरोध गरेका थिए।
बुधबार र बिहीबार सडक अवरोधसहित प्रदर्शन भए पनि शुक्रबार साँझ जेन जी युवा र जिल्ला सुरक्षा समिति बारा बीच वार्ता भएपछि अवस्था नियन्त्रणमा आएको हो।
FACEBOOK COMMENTS