काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोज्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिए ।
प्रतियोगितामा काठमाडौंको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो ।
काठमाडौंले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

FACEBOOK COMMENTS