काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा विराटनगरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।
काठमाडौँले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगरले १७।१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । विराटनगरको जितमा जर्ज मुन्सीले सर्बाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ रन बनाएका थिए ।
त्यसैगरी काठमाडौँका बलर शहाब आलमले २ विकेट लिए भने करण केसी, जेरार्ड इरासमस र सन्तोष यादवले एक एक विकेट लिए । यसअघि पहिला ब्याटिंग गर्दै काठमाडौँका आदील आलमले सर्बाधिक ४८ रन बनाए भने बेन चार्लेजवोर्थले ३२ र सन्तोष यादवले २६ रन बनाएका थिए ।
यो जितसँगै विराटनगरले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाजले तीन खेलमा दोस्रो हार बेहोरेको छ ।
FACEBOOK COMMENTS