काठमाडौं । वालनट बिस्ट्रो रेष्टुरेण्टमा खाजा वा खाना खाएर बील धेरै उठेको छ ? अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ ।
अझ भनौँ २ हजार मात्र बील उठेको छ भने त सित्तैमा खान पाइनेछ । तर कसरी ? बील तिर्न काउण्टरमा जाँदा लक्की नम्बर छक्का (६) निकाल्नुहोस । २ हजार रूपैयाँसम्मको भारी छुट पाउनु हुनेछ । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेण्टले सेवाग्राहीलाई लक्षित गरेर नौलो र रमाइलो खेल सुरूवात गरेको छ ।
खाना,खाजा तथा विभिन्न परिकारका खाना खाएको बिल तिर्न काउण्टरमा पुग्दा लक्की नम्बर छक्का निकालेमा २ हजारसम्मको छुट पाउने रेष्टुरेण्टका निर्देशक आकाश पौडेलले जानकारी दिए ।
’यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया यसलाई शान्त समयको रूपमा लिइन्छ,’ उनले भने,’ त्यसैले बिस्ट्रोले यो अफर ल्याएको हो, ताकि त्यतिखेर पनि ग्राहकको आवागमन बढोस भनेर हो।’ यो अफर २ हजार भन्दा कम बिल उठे पनि लागू हुने उनले जानकारी दिए ।
डाइस घोल्दा ६ नम्बर निस्केमा २ हजार भन्दा कमको बिल छ भने नि:शुल्क सेवा लिन पाइने उनको भनाइ छ । बिल तिर्दा ग्राहकलाई सम्झनलायक बनाउन, फरक अनुभव दिलाउन तथा रमाइलो खेल बनाउने उद्देश्यले यो नयाँ ट्रेण्ड चलाएको पौडेलले बताए ।

’रोल, इट, रीपीट, लक इज जस्ट अ रोल अवे’ स्लोगनसहित बिस्ट्रोले यो नौलो अभियान सुरू गरेको हो । बिस्ट्रोले आफ्ना ग्राहकहरूलाई जीवन्त बनाउन, रमाइलो र दोहोर्याएर आउन मन लागोस भनेर यो व्यवस्था सुरूवात गरेको उनले बताए ।

विशेष ह्यासट्याग प्रयोग गरेर, बिस्ट्रोले ग्राहकहरूलाई आफ्नो अनुभव सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहनसेत गरेको छ । कसैले डाइस रोल गरेर नि:शुल्क भोजन जित्यो भने रोचक अनुभव बन्ने उनले सुनाए ।

जसले गर्दा सामाजिक सञ्जालमा अनलाइनमा राम्रो चर्चा बटुल्छ र नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्ने उनको विश्वास छ । बिस्ट्रोले केहीसमय अघि ‘लिटल फ्री लाइब्रेरी’ अभियान पनि सुरु गरिसकेको छ । स्वादसँगै ज्ञान लिनेदिने नौलो अभ्यास सुरू गरिसकेको छ ।

FACEBOOK COMMENTS