काठमाडौं । पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् ।
हास्यव्यङ्ग्य रेडियो स्टेशन ‘रेडियो अडिओ’का संस्थापक खनिया बानेश्वरस्थित निवासमा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनास्थलको वस्तुस्थिति हेर्दा उनले देहत्याग गरेको हुन सक्ने आशङ्का गरिएको छ ।
एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । प्रहरीका अनुसार घटनबारे थप अनुसन्धान भइरहेको छ ।
उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यङ्ग्य रेडियो सञ्चालन गरेका थिए ।
FACEBOOK COMMENTS