काठमाडौं । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ ।
आइतबार जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो ९चक्रिया० चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति भएको छ । साथै तीन दलले विचार मिल्ने दललाई पनि एकल चुनाव चिन्हमा सहमत हुन आह्वान गरेका छन् ।
सहमतिपत्रमा उल्लेख छ:
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं । साथै हामीसंग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिन्हमा आउन आह्वान गर्दछौं ।

FACEBOOK COMMENTS