काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी–२० विश्वकप २०२५ – दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।
नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।


FACEBOOK COMMENTS