काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म ’ब्याटल अफ गलवान’ को शुटिंग सकिएको छ ।
बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक गर्दै फिल्मको शुटिंग सकिएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्– ’ब्याटल अफ गलवान’ को काम सकिएको छ ! उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर दिग्गज र मैले भेटेका सबैभन्दा दयालु आत्माहरू मध्ये एकसँग काम गर्दा जीवन साँच्चै पूर्ण चक्रमा आयो र मेरो भित्री बच्चा यो भन्दा खुसी हुन सक्दैन ।
यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि हेर्ने मौकाको लागि आभारी छु ।’ शाहीले फिल्ममा आफ्नो भूमिकाका विषयमा भने जानकारी गराएका छैनन् । २०२६ मा रिलिज हुने भनिएको यो फिल्ममा सलमान आर्मी अफिसरको भूमिकामा रहेका छन् ।
फिल्म २०२० को जुन १५ मा भारत र चिनियाँ सेनाबीच गलवानमा भएको झडपको विषयमा बनाइएको छ ।

FACEBOOK COMMENTS