काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग हार बेहोरेको छ ।
इन्डोनेसियाले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा आत्मघाती गोलको मद्धतले नेपालले १–० गोलको अग्रता लिएपनि इन्डोनेसियाले दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेर खेल जितेको थियो ।
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन् ।
अब नेपालले अर्को खेल डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS