काठमाडौँ । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ ।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । एकीकरणको घोषणा आइतबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा हुने बताइएको छ ।
विवेकशील साझाको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको ुबृहत्तर ध्रुबिकरणर एकीकरण प्रस्तावु लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याईने बताइएको छ ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व। उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको विवेकशील साझा पार्टीले जानकारी दिएको छ ।


FACEBOOK COMMENTS