काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि यहि मंसिर१२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाण्डौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुन लागेको छ ।
उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिएको छ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गरिने आयोजकले जनाएको छ ।
गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागिखेलको आनन्दानुभूती गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिन लागिएको छ ।
विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालकोसन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेकोपरिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस प्रतियगितामा खेलाईने १७ बिधाका खेलहरु मध्ये एकमा प्वाल बिधाको पुरस्कार अन्तर्गतसिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ ईभी पुरस्कारको व्यवस्था गरिएको छ ।साथै, अन्य बिधाका खेलहरुमा सिम्रिक एअर द्वारा २ जनालाई स्काई डाइभिङ त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाईगोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।

यसै अवसरमा सलिको ले निर्जीवन बीमाको महत्त्वमा पनि प्रकाश पार्दै, विभिन्नकिसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दोअवस्थामा रहेको उल्लेख गरेको छ। जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिककोचासो बढ्दै गएको वर्तमान परिवेशमा, गल्फ जस्ता खेलकुद गतिविधिहरूमासहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जानकारी दिएको छ ।

सलिकोले वर्षौंदेखि खेल क्षेत्र, समुदाय तथा आर्थिक–सामाजिक सुरक्षामा केन्द्रितरहँदै, विमा सुरक्षा भविक्ष्यको आधार भन्ने नारा सहित नेपाली बीमा क्षेत्रमाआफ्नो भूमिकालाई अझ सुदृढ बनाउँदै आएको छ। गल्फ प्रतियोगिताजस्तैगतिविधिहरू मार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलकुद मैत्री वातावरण निर्माणमा निरन्तर योगदान दिंदै आएको छ।

FACEBOOK COMMENTS