काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित “नेतृत्व सम्मेलन नेपाल २०२५” सम्मेलनमा “व्यावसायिक कार्ड व्यवसायमा उत्कृष्टता” अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS