पोखरा । कास्कीको पोखरा महानगरपालिका(१२ गुम्बा फेदीस्थित ४८ वर्षीय दिपक गुरूङले संचालन गरेको दिक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार १ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS