काठमाडौं । कुवेतबाट हैदराबाद जाँदै गरेको इन्डिगो एयरलाइन्सको उडानमा बमको धम्की आएको छ ।
बम धम्कि पछि जहाजलाई मुम्बई डाइभर्ट गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार, हैदराबाद विमानस्थललाई इमेल मार्फत धम्की दिइएको थियो, जसमा जहाजमा मानव बम रहेको उल्लेख गरिएको थियो ।
सो धम्किपछि जहाज मुम्बई विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरियो, जहाँ यात्रुहरूलाई ओरालेर विमानको निरीक्षण गरिएको थियो । उडानलाई विमानस्थलको आइसोलेसन क्षेत्रमा सारिएको थियो र सुरक्षा टोलीहरू खटाइएको थियो । हाल, निरिक्षणका जहाजमा बम फेला नपरेको बताइएको छ ।
FACEBOOK COMMENTS