काठमाडौं । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको लागि अहिले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीयमा तहमा बहाल रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ ।
पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी मातहतका कमिटीलाई पठाएको सर्कुलरमा सो कुरा उल्लेख छ । अन्तरपार्टी लोकतन्त्रलाई बलियो बनाउन र नयाँ अनुहारलाई स्थान दिन उम्मेदवार चयनमा यस्तो मापदण्ड बनाएको कांग्रेसले जनाएको छ ।
०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएका उम्मेदवारसमेत आगामी निर्वाचनमा लड्न पाउने छैनन् ।
कांग्रेसले समावेशीको सिद्धान्तलाई अबलम्बन गरेर मात्र उम्मेदवार सिफारिस गर्न पनि निर्देशन दिएको छ । नाम सिफारिस गर्दा एक जना महिला अनिवार्य हुनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS