काठमाडौँ । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २० अर्ब डलरको मूल्यको सर्च इन्जिन कमेट जस्ता उत्पादनहरू सहितको एआई स्टार्टअप, पप्र्लेक्सिटी एआईमा लगानीको घोषणा गरेका छन् ।
रोनाल्डोले भिडियोमार्फत साझा गर्दै सफलता प्राप्त गर्न जिज्ञासाको महत्त्वलाई जोड दिए । उनले भनेका छन्– ’जिज्ञासा सफल हुन आवश्यक छ । जब तपाईं हरेक दिन नयाँ प्रश्नहरू सोधिरहनुहुन्छ तब तपाईं सधै जित्नुहुन्छ । त्यसैले म पप्र्लेक्सिटीमा मेरो लगानीको घोषणा गर्न पाउँदा गर्व गर्छु ।’
रोनाल्डोले यो साझेदारीले ’सबैलाई थप महत्वाकांक्षी प्रश्नहरू सोध्न प्रेरित गर्ने’ र उनीहरूको संयुक्त प्रयासको सुरुवात मात्र भएको बताएका छन् ।
२०२२ मा स्थापित पप्र्लेक्सिटीले इन्भेस्टमेन्ट राउन्डमा २०० मिलियन डलर सुरक्षित गरेपछि सेप्टेम्बरमा यसको कम्पनिको भ्यालुएसन २० अर्ब डलरको मूल्याङ्कनमा पुगेको थियो । लगानीकर्ता बन्नु अघि एआई खोज प्लेटफर्ममा रोनाल्डोको संलग्नता एक प्रयोगकर्ताको रूपमा सुरु भएको थियो । अक्टोबरमा, उनले पप्र्लेक्सिटीलाई आफ्नो प्रेस्टिज ग्लोब अवार्ड स्वीकृति भाषण बनाउन मद्दत गरेकोमा श्रेय दिएका थिए ।
प्रमुख प्लेटफर्महरूमा एल अर्बभन्दा बढी फलोअर्स भएको रोनाल्डोको सामाजिक सञ्जालमा विशाल उपस्थितिसँगै, उनको लगानी र साझेदारीले पप्र्लेक्सिटीको प्रयोगकर्ता आधारलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्ने विश्लेषण गरिएको छ । फुटबल स्टारले आफ्नो घोषणामा ’पप्र्लेक्सिटीले विश्वको जिज्ञासालाई बढावा दिइरहेको’ भनेका छन् । रोनाल्डोले कम्पनिमा कति लगानी गरेका छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।

FACEBOOK COMMENTS