काठमाडौँ । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
यस बर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको विषयवस्तु ‘हाम्रा दैनिक आवश्यकताहरू’ भन्ने रहेको छ । यस विषयवस्तुको उद्देश्य मानव अधिकारको मूल्यहरूलाई पुनस् पुष्टि गर्नु र मानिसहरूलाई मानव अधिकारसँग पुनस् संलग्न गराउनु हो, जसले हाम्रो दैनिक जीवनलाई कसरी आकार दिन्छ भनेर देखाउँछ ।
संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस मनाउन थालिएको हो । यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४ सय २३ ९भी० रेज्योलुसन पास गरी देश र सम्बन्धित संगठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो । मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ ।
FACEBOOK COMMENTS