काठमाडौ । नेकपाले एमालेका सचिव गोकर्ण विष्टले आजको समयले पार्टीमा नेतृत्व हस्तान्तरणको माग गरेको बताएका छन् ।
बुधबार काठमाडौँका भएको ११ औँ महाधिवेशन लक्षित अन्तरसम्वाद कार्यक्रममा उनले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएको र एमालेमा पनि नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताए ।
देशमा संकट आएको छ भनेर नेतृत्व हस्तान्तरण नगर्ने विषय सही नहुने उनको भनाइ छ। ‘संकटले नयाँ नेतृत्व ल्याउँछ।
पार्टीमा समयले नेतृत्वको हस्तान्तरणको माग गरेको छ,’ विष्टले भने । उनले यस महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने पनि दाबी गरे ।
एमाले आफ्नो विचारबाट विचलित भएकोसमेत उनको आरोप छ ।

FACEBOOK COMMENTS