सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS