काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।
काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए ।
उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए ।
पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए ।
FACEBOOK COMMENTS