काठमाडौं । बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासँग छलफल र विविध विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
सोही समयमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि मन्त्री सिन्हासँग छलफल र विविध विषयमा छलफलको कार्यसूची तय भएको सचिवालयको सूचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS