काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन् ।
सोमबार तारेख बुझ्न काठमाडौं अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुण लगाएको भन्ने गरेको र त्यही गुण तिर्नका लागि सवै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए ।
देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महशुस भएको उनको भनाइ छ । लामिछानेले अवको सात दिनभित्र सवै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।
FACEBOOK COMMENTS