काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा नपुगेको स्पष्ट गरेका छन् ।
सोमबार राति बालेनसँग भएको छलफल बारे प्रतिक्रिया दिदै लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा नपुगेको बताएका हुन् । लामिछानेले अन्य शक्तिहरुसँग पनि छलफल गर्ने र सकेसम्म सबै एक ठाउमा आउने प्रयास गरिरहेको बताए ।
लामिछानेले भने– हामीले शुरुमा पनि भनेका थियौं, परिवर्तनमा लागेका सबैलाई संवाद मार्फत एक ठाउमा ल्याउने प्रयासस्वरूप अगाडी बढी नै रहेका छौं । यसलाई टुंगोमा पुर्याउने गरि संवाद शुरु भएको छ ।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने चरणमा हामी प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, एक अर्कासँग परिस्थिति बारे जानकारी लिनुपर्यो । विस्तारै हामी राजनीतिक चरणमा प्रवेश गर्छौं ।’ लामिछानेले आफुहरु दुई जना मात्र बसेको वार्तामा सबैले आफ्नो किसिमले टिप्पणी नगर्न समेत उनले आग्रह गरे । बालेन र लामिछानेबीच सोमबार करिब ६ घण्टा भेटवार्ता भएको थियो ।
FACEBOOK COMMENTS