प्रिमियरमा विद्यार्थी–केन्द्रित सिकाइ
कर्पोरट खबर
10:06 am, बुधबार, पुस ९, २०८२
काठमाडौँ । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई जीवन्त बनाउँदै विद्यार्थी–नेतृत्वमा सञ्चालन भएका विविध कार्यक्रममार्फत सिर्जनशीलता, नेतृत्व, उद्यमशीलता, खेलभावना र सामाजिक सेवाको सशक्त उदाहरण प्रस्तुत गरेको छ।
विद्यालय परिसरभर सम्पन्न यी गतिविधिहरूले अन्तर्राष्ट्रिय बकालोरियट (IB) शिक्षण दर्शनअनुसार “सिर्जना गरौँ र समुदायमा योगदान दिऔँ” भन्ने सिकाइ संस्कृतिलाई स्पष्ट रूपमा देखाए।
कार्यक्रमको सुरुआत PYP तथा MYP Visual Arts Exhibition “Expressions – 2025” बाट भयो, जहाँ Early Years देखि MYP 4 सम्मका विद्यार्थीहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। चित्रकला, मूर्तिकला, इन्स्टलेसन र मिक्स मिडियामार्फत विद्यार्थीहरूले आफ्ना विषयगत सिकाइका अवधारणालाई दृश्य रूपमा प्रस्तुत गरेका थिए। दैनिक जीवनका सीपदेखि सामाजिक विषय र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) सम्मका गहिरा सन्देश बोकेका कलाकृतिहरूले विद्यार्थीहरूको सोच, कल्पनाशक्ति र आत्मविश्वास झल्काएका थिए। कलाकार कोशल हमाल र शिवांगीनी राणाको उपस्थितिसँगै अन्य विद्यालयका विद्यार्थीहरूको अवलोकनले प्रदर्शनीलाई अझ समृद्ध बनाएको थियो।
यसपछि PYP Bazaar ले सिकाइलाई व्यवहारिक अनुभवमा रूपान्तरण गर्यो। साना कक्षाका विद्यार्थीहरूले पुनःप्रयोग र कल्पनाशक्तिमार्फत तयार पारेका सामग्रीहरू प्रस्तुत गरे भने माथिल्ला कक्षाका विद्यार्थीहरूले मूल्य निर्धारण, मार्केटिङ, नाफा–नोक्सानजस्ता वास्तविक बजार अवधारणाहरू प्रयोगमा ल्याए। PYP 3 का विद्यार्थीहरूले सम्पूर्ण कार्यक्रमको योजना र व्यवस्थापन आफैं सम्हाल्दै नेतृत्व र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरे। साथै MYP, DP र NEB का विद्यार्थीहरूले सामाजिक उद्देश्यका लागि स्टल सञ्चालन गर्दै सहानुभूति र जिम्मेवारीपूर्ण कार्यमा सक्रिय सहभागिता जनाए।
सृजनशीलता र उद्यमशीलतासँगै विद्यालयले Annual Sports Gala 2082 मार्फत शारीरिक तन्दुरुस्ती, अनुशासन र Team भावना पनि प्रवर्द्धन गर्यो। Preschool देखि Grade 12 सम्मका विद्यार्थीहरूले आफ्नो उमेरअनुसारका खेल गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाए। साना कक्षामा रमाइला रिले खेलदेखि माथिल्ला कक्षामा एथलेटिक्स, फुटसल र बास्केटबलसम्मका प्रतिस्पर्धाले खेलभावना, धैर्यता र पारस्परिक सम्मानको सन्देश दिएको थियो। तेक्वान्दो प्रदर्शन र सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउँदै विद्यालयले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गर्यो। अभिभावक, शिक्षक र शुभेच्छुकहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमसँगै विद्यार्थीहरूले विभिन्न कार्यक्रमअन्तर्गत रकम संकलन पनि गरे। IBDP विद्यार्थीहरूले CAS (Creativity, Activity, Service) अन्तर्गत, MYP विद्यार्थीहरूले Service as Action परियोजनाका लागि र NEB विद्यार्थीहरूले आफ्ना Management Fair परियोजनाका लागि रकम संकलन गर्दै समाजप्रति जिम्मेवार नागरिक बन्ने अभ्यास गरे।
यी सबै प्रयासहरूले सिकाइलाई केवल ज्ञानमा सीमित नराखी व्यवहारमा उतारिएको स्पष्ट देखायो। एकै दिन कला, उद्यम, खेल र सेवालाई एकसाथ जोडेर आयोजना गरिएका यी गतिविधिहरूले प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलको समग्र र मूल्य–आधारित शिक्षण दृष्टिकोणलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। यस्ता एकीकृत अनुभवमार्फत विद्यालयले सबै तहका विद्यार्थीहरूलाई आफ्नो सिकाइको जिम्मेवारी लिन, उद्देश्यसहित काम गर्न र समाजमा सकारात्मक योगदान दिन प्रेरित गरिरहेको छ। प्रिमियरले फेरि एकपटक प्रमाणित गरेको छ—साँचो शिक्षा त्यही हो, जसले ज्ञानसँगै कर्म र प्रभावलाई पनि जोड्छ।
FACEBOOK COMMENTS