काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै महँगो हो । मंगलबार मा ५५ सयले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ ।प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS