काठमाडौँ । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरू गरेको जेन जी अभियन्ता अजय सोडारीले जानकारी दिए ।
जेनजीको एक समूहले वर्तमान सरकारले जेन जी आन्दोलनको भावना अनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।
मिराज ढुंगाना नेतृत्वको संयुक्त जेन जी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ ।
FACEBOOK COMMENTS