काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपयाँ निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ । १६ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल आज हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । साँवा र ब्याज भुक्तानी भने यही पुस २७ गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमश: बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS