काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आजसम्म आईपीओमा आवेदन दिन पाइने छ ।
कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले बुक(बिल्डिङ विधि मार्फत सेयर निष्कासन गरेको छ । ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको छ ।
यस्तै १ लाख १५ हजार ५९६ इकाई सेयर विदेशमा रहेका नेपालीलाई बाँडफाँड गरिएको छ । ५७ हजार ७९८ कित्ता सेयर म्युचुअल फन्ड, ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको सकेको छ ।
आईपीओमा अहिलेसम्म माग भन्दा करिब २४ गुणा बढी आवेदन परिसकेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम २० हजारसम्म आवेदन दिन सकिने छ ।
सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक(बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ

FACEBOOK COMMENTS