काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शर्माले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
राष्ट्रपतिसँगको भेटमा देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको शर्माले बताएका छन्।
राष्ट्रपतिसँगको भेटबारे जानकारी गराउँदै शर्माले भनेका छन्, ‘देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल गर्ने अवसर प्रदान गर्नुभएकोमा आभार प्रकट गर्दछु।’
FACEBOOK COMMENTS