काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ ।
रास्वपा र बालेन साहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन् ।
दुई पार्टीबीच आजै सहमति पत्रमा हस्ताक्षरको तयारी भइरहेको बताइएको छ ।
प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वऊर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए ।
FACEBOOK COMMENTS