काठमाडौँ । किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल म्याड्रिडले एम्बाप्पेको इन्जुरी बारे जानकारी दिदै उनको बायाँ घुँडामा चोट लागेको बताएको छ ।
रियल म्याड्रिडले भनेको छ( रियल म्याड्रिड मेडिकल सर्भिसेजद्वारा आज हाम्रा खेलाडी केलियन एम्बाप्पेको परीक्षण पछि, उनको बायाँ घुँडामा मर्किएको पत्ता लागेको छ । उनको स्वास्थ्य लाभको अनुगमन गरिनेछ ।ु
उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेको इन्जुरीले रियल म्याड्रिडलाई ठुलो धक्का लागेको छ । एम्बाप्पेले यस सिजनले २९ गोल गरेका छन् भने ला लिगामा १८ गोल गरेका छन् ।
एम्बाप्पेको इन्जुरी शुरुमा सामान्य भनिएको भए पनि एमआरआईको रिपोर्टपछि इन्जुरी ठुलो भएको बताइएको छ । रियल म्याड्रिडले नयाँ बर्षपछि ला लिगाको खेल जनवरी ४ मा रियल बेटिससँग खेल्दैछ
FACEBOOK COMMENTS