सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना स्थानीयको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका अनुसार भारत तर्फबाट भन्सार छलेका सामान बोकी आउँदै गरेको अटो रिक्सा रिक्सा रोक्न खोज्दा फायर गर्दै भागेपछि सशस्त्र प्रहरीले २ राउन्ड जवाफी फायर गरेको थियो ।
सो क्रममा पछाडिबाट सामान बोकी आउँदै गरेको सिटी सफारीमा रहेका व्यक्तिलाई लागेको बताइएको छ । गोली लागेर स्थानीय विजय शाहको निधन भएको छ ।
घटनापछि आक्रोशित स्थानीयले विरोध जनाउँदै आन्दोलनमा उत्रिएपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल थालेको बताएको छ ।
FACEBOOK COMMENTS