काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल आज अवकाशमा जान लागेका हुन् ।
अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा शुक्रबार दिउँसो ३ बजे उनको बिदाइ कार्यक्रम राखिएको छ ।