काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नुभएका श्री राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएको छ ।
बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट सीएफए तथा चार्टर्ड इकोनोमिष्ट सीएचईगर्नु भएका वहाँले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारीपीपीपी लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव संगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित हुनुहुन्छ ।
उहाँलाई यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक,प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनीसचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीयलको फाइनान्सियल एनालिष्ट तथासहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गर्नु भएको छ ।
यस बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएकोमा श्री राम कृष्ण खतिवडाज्यूलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ ।
FACEBOOK COMMENTS