काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरीको दर्खास्त आह्वान गरेको छ ।
सरकारले १ लाख ३३ हजार ९८० जना प्रहरीका लागि दर्खास्त आह्वान गरेको हो । इच्छुकले पुस २५ देखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ ।
दर्खास्त उपत्यकाका साथै सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । दर्खास्त दिन १८ हजार पुरा भएर ५४ वर्ष ननाघेको हुनुपर्ने छ । सामान्य लेखपढ गर्न जानेको हुनुपर्ने छ ।

FACEBOOK COMMENTS