काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सबै सहभागी हुने दाबि गरेका छन् ।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा काँग्रेस नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्मासँग पुगेका महामन्त्री शर्माले विशेष महाधिवेशनको बन्द सत्रले कार्यविधि बनाएपछि के के हुन्छ भन्ने स्पष्ट हुने बताएका छन् ।
उनले काँग्रेसका सबै नेताहरु सहभागी हुने दाबि गर्दै कसैकाप्रति टिप्पणी नगर्ने बताए । महामन्त्री शर्माले हस्ताक्षर गरेका भन्दा साढे ४ सय भन्दा बढीको सहभागीता हुने बताएका छन् । नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्मा काँग्रेसको वर्तमान र भविष्य दुवै भएको बताउदै आफ्नो समर्थन रहेको बताएका छन् ।
त्यस्तै डा. शर्माले विशेष महाधिवेशनप्रति आफ्नो समर्थन रहेको बताउदै काँग्रेस अब बदलिने बताए ।
FACEBOOK COMMENTS