काठमाडौँ । राप्रपाले पार्टीले संस्थागत रुपमा गरेका निर्णयको स्वामित्व हरेक तहले लिन निर्देशन दिएको छ ।
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रको निर्णयको विरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा अनर्गल प्रचार भइरहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निर्णयको स्वामित्व लिन सबै तहलाई निर्देशन दिएको छ वि
निर्णयमा भनिएको छ– विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ ।
पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ ।’ राप्रपाको समानुपातिक सूचिको विषयमा आलोचना गर्दै प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए ।
FACEBOOK COMMENTS