काठमाडौं, साउन ३१ – प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् । यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।
FACEBOOK COMMENTS