काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा अमृतभोग केटरर्स प्रालि, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचिहरुसहितको वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ ।
साधारण सभाबाट लेखापरिक्षकको नियुक्ति, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब तिन करोड बाह्र लाख बत्तिस हजारको ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थसहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ । कम्पनी सचिव विनोद शर्मा पौडेलले संचालन गरेको साधारण सभामा संचालक किरण केसीले धन्यवाद ज्ञापन गर्दै कम्पनीका बारेमा थप प्रष्ट पारेका थिए ।
FACEBOOK COMMENTS